लगानीकर्ता मालामाल हुने आईपीओ शुक्रबारबाट,कति कित्ता भर्ने ?

काठमाडौ – सबैको चासो रहेको अर्को उत्कृष्ट कम्पनी चन्द्रागिरि हिल्सले आउँदो शुक्रवारबाट प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्दै छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार करिब सवा १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गर्ने भएको छ ।

जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारी तथा ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषकहरुका लागि छ्ट्याइएको छ । कम्पनीले १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसारलाई बिक्री गर्ने जनाएको छ ।

कम्पनीको आईपीओमा यहि पुस २४ गतेदेखि २८ गतेसम्म आवेदन दिन पाइनेछ । ईच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अघिकतम १३ हजार ९६० कित्तासम्म आवेदन गर्न पाउनेछन् । १० कित्ते बाँडफाँड नीति भएकाले १० कित्ता मात्र शेयर आवेदन गर्नु उचित हुनेछ । चन्द्रागिरि हिल्सले स्थानीयका लागि आईपीओ जारी गरेर बाँडपाँड गरिसकेको छ ।
यो कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि पहिलो चरणमा ३ करोड ६ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गरिसकेको छ । पहिलो चरणको आईपीओमा मागभन्दा ५.५२ गुणा बढी खरिद आवेदन परेको थियो ।

यो हिसाबले यस कम्पनीको आईपीओमा निकै आकर्षण रहेको प्रस्ट हुन्छ। अधिकांश लगानीकर्ताले कम्पनीको वित्तीय सूचकलाई ध्यानमा राखेर लगानी गर्छन्।
यो कम्पनीको वित्तीय सूचक रामो छ ।
कम्पनीले अबको ३ वर्षमा खुद नाफा ५० करोड ३७ लाख रुपैयाँको उचाइमा पुर्याउने प्रक्षेपण गरेको छ । जसअनुसार यो प्रक्षेपित नाफा आर्थिक वर्ष २०७९र८० लागि हो । चालु आर्थिक वर्ष २०७७र७८ मा ६ करोड १३ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएकोमा आउँदो वर्ष २०७८र७९ मा भने यस्तो नाफा बढेर ३६ करोड ११ लाख रुपैयाँ हुने अनुमान गरिएको छ।

कम्पनीले सञ्चालन मुनाफा पनि आर्थिक वर्ष २०७९र८० मा ८२ करोड १७ लाख रुपैयाँको उचाइमा पुग्ने अनुमान गरेको छ । चालु आर्थिक वर्षमा २८ करोड १२ लाख रुपैयाँ सञ्चालन मुनाफा हुने अनुमान गरिएकोमा आउँदो वर्ष भने बढेर ६० करोड ७४ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।

चालु वर्ष १४ करोड ५७ लाख रुपैयाँ ऋणात्मक हुने भनिएको जगेडा कोषको आकार आउँदो वर्ष भने १४ करोड १७ लाख रुपैयाँले धनात्मक हुने र आर्थिक वर्ष २०७९र८० बढेर ३३ करोड ८६ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। कम्पनीको सेयरपुँजी भने अबको तीन वर्षसम्म १ अर्ब ५३ करोड रुपैयाँ हुने भनिएको छ।

कम्पनीको प्रतिसेयर नेटवर्थ बढेर आव २०७९र८० सम्म १२२.०७ पुग्ने प्रक्षेपण गरिएको छ। अघिल्ला दुई वर्ष भने प्रतिसेयर नेटवर्थ क्रमशः ९०.६९ रुपैयाँ र १०९.२४ रुपैयाँ रहने अनुमान गरिएको छ। नेटवर्थमा औसत प्रतिफल ०७७र७८ मा ४.४१ प्रतिशत तथा ०७८र७९ मा २१.५५ प्रतिशत र ०७९र८० मा २६.९० प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया