प्राथमिक शेयर बजारमा लगानीकर्ताको आकर्षण: २ दिनमा ३०५ गुणा बढी शेयर माग

काठमाडौं: सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (SWMF) को एफपीओमा ३०५ गुणा भन्दा धेरै आवेदन परेको छ। शुक्रबारदेखि निष्काशन गरिएको एफपीओमा दुई कारोबार दिनमै एक करोड ४२ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको हो।

सीडिएस एण्ड क्लियरिंग लिमिटेडका अनुसार आइतबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा ९ लाख ५३ हजार ८८३ जनाले आवेदन दिएका छन्। यसैगरी, लघुवित्तको एक करोड ४२ लाख ८३ हजार ८०० कित्ताका लागि एक अर्ब ४२ करोड ८३ लाख ८० हजार रुपैयाँ बराबरको एफपीओ माग भएको हो।

लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता शेयर निष्काशन गरेको हो। सो शेयरका लागि लगानीकर्ताले साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

प्रतिक्रिया