काठमाडौ – प्रभु लाइफ इन्स्योरेन्सको आइतबारबाट दोस्रो बजारमा कारोबार हुने गरी सूचीकृत प्रक्रियामा गएको छ ।
सूचीकृत प्रकृयाको लागि निवेदन समेत दिई सकेको कम्पनीले आज शुक्रबार बेलुका सम्ममा सबैको Dmate खातामा शेयर आइसक्ने जनाएको छ ।
सूचीकृत भए पछि बोर्डले आईतबारको कारोबारका सुरुवाती मूल्य तोक्ने छ त्यसपछि स्पेसल प्रि ओपनिङ सेसनमा कारोबार हुन सकियो भने कम्पनी दोस्रो बजारमा प्रवेश गर्ने छ ।
कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर बुक भ्यालु ११२ रुपैयाँ ९४ पैसा छ । त्यस अनुसार कम्पनीको शेयरको न्यूनतम ११२ देखि ३३८ रुपैयाँको हाराहारीमा कारोबार खुल्न सक्ने अनुमान गर्न सकिन्छ ।