प्रि ओपन सेसन अपडेटः १७.३१ अंक बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १७.३१ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ४९.१७ अंक बढेर २०६२.०६ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा १७.३१ अंक बढेर २०७९.३७ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.०६ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा २९ कम्पनीको ७८ लाख ८७ हजार ८१२ रुपैयाँ बराबरको ४ हजार २९७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ।

प्रतिक्रिया