धमाधम नयाँ आईपीओ आउँदै,दोर्दी खोला जलविद्युतले करिब ५५ करोडको शेयर निष्कासन गर्ने

काठमाडौं–पछिल्लो समय विभिन्न कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गरेका छन् । बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी, पब्लिक कम्पनीले सर्वसाधारणका लागि धमाधम आईपीओ निष्कासन गरेका हुन् । केही कम्पनीले आईपीओ निष्कासन गरेका छन् भने केहीले तयारी गरिरहेका छन् ।

यसैबीच,दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले पनि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ५४ करोड ९६ लाख ६९ हजार ६०० रुपैयाँ बराबरको सार्वजनिक निष्काशन गर्ने तयारी गरेको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्न माघ ९ गते हुने साधारणसभामा विशेष प्रस्ताव पेश गर्ने भएको छ ।कम्पनीले क्रेडिट रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले दोर्दी खोला जलविद्युतको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ ।

कम्पनीले लमजुङ जिल्लामा १२ मेगावटको दोर्दी १ आयोजना निमार्ण गरिरहेको छ । दोर्दी खोलाले निष्काशन गर्ने एक सय रुपैयाँ अंकित दरमा ५४ लाख ९६ हजार ६९६ कित्ता आईपीओलाई रेटिङ्ग कम्पनी इक्राले औसतभन्दा तल आधार जनाउने ’इक्रा एनपी आईपीओ ग्रेड ४’ प्रदान गरेको थियो । कम्पनीले निमार्ण गर्ने आयोजनाको कुल लागत २ अर्ब २९ करोड २० लाख रुपैयाँ लाग्ने अनुमान छ । सन् २०१० मा स्थापना भएको दोर्दी खोला जलविद्युत कम्पनी सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सहायक कम्पनी हो ।

प्रतिक्रिया