काठमाडौं–नेपालमा निजी क्षेत्रले सञ्चालन गरेका उद्योग धितोपत्र बोर्डमा सुचिकृत भएर आम सर्वसाधारणलाई शेयर दिने परम्परा सुरु भएको छ ।
निजी लगानीका कम्पनीलाई पब्लिक कम्पनी बनाएर प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएका छन् ।
निजी लगानीको शिवम् सिमेन्ट अहिले नेप्सेमा शेयर किनबेच भैरहेको छ । पछिल्लो पटक सर्वोत्तम सिमेन्टले पब्लिकलाई शेयर दिने तयारी अघि बढाएको छ ।
४० करोड रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ रहेको छ । चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको आइपिओ निष्काशनको प्रक्रिया शुरु गरिएको कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिए ।
आइपिओ जारी गर्नका लागि कम्पनी ३ वर्षदेखि लगातार नाफामा गएको हुनुपर्छ । सर्बोत्तम सिमेन्ट लगातार ३ वर्षदेखि नाफामा रहेको कम्पनीको दाबी छ ।
सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आइपीओ जारी गर्न साधारणसभा बोलाएको छ । माघ ६ गते आयोजना गरिएको दोस्रो साधारण सभामा बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने तयारीमा छ ।
आर्थिक वषर्च २०७६÷०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा साधारण सभामा छलफल गरी पारित गरिने छ ।