नेप्सेमा ४० अंकको उछाल, कारोबार रकममा भने गिरावट

काठमाडौं – बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उल्लेखनीय सुधार देखिएको छ । नेप्से सूचक ४०.४७ अंकले अर्थात् १.५६ प्रतिशतले बढ्दै २६२३.२१ विन्दुमा पुगेको छ । तर, कारोबार रकम भने मंगलबारको तुलनामा केही घटेको छ । मंगलबार ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भए पनि बुधबार ४ अर्ब २० करोड ४४ लाख रुपैयाँमा सीमित रह्यो ।

दिनभर ९१ लाख ४२ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा ३१७ वटा कम्पनीको कारोबार भएको छ । तीमध्ये २३१ कम्पनीका शेयर मूल्य बढेका छन् भने १२ कम्पनीका मूल्य स्थिर रह्यो । कुनै पनि कम्पनीको शेयर मूल्य भने घटेको छैन ।

बुधबार ४८ हजार ७८५ पटक शेयर कारोबार हुँदा १३ मध्ये सबै समूहमा हरियाली देखियो । अन्य समूह २.२८ प्रतिशतले वृद्धि भएर सबैभन्दा बढी उकालो लाग्दा ट्रेडिङ समूह भने ०.४९ प्रतिशतले मात्रै वृद्धि भयो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय