काठमाडौं – सोमबार तीव्र उतारचढावका बीच नेप्से परिसूचक २ अंकले बढेर समग्र बजार २४८८ बिन्दुमा पुगेको छ।
आजको कारोबार रकम हिजोको तुलनामा केही घटेर १३ अर्ब ९१ करोड रुपैयाँ बराबरको भएको छ। नेप्सेमा ३०९ कम्पनीको शेयर किनबेच भएको छ।
कारोबार भएका मध्य एक कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ भने माइक्रो, बैंक र होटल उपसमूहमा गिरावट आएको छ। हिमालयन रिइन्स्योरेन्सको शेयर सबैभन्दा धेरै मूल्यको शेयर किनबेच भएको हो।
केही दिनको लगातार वृद्धि पश्चात, लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बजारमा आज निकै उतारचढाव देखिएको छ।