काठमाडौ । प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ भोलि अर्थात् शुक्रबार बाँडफाँड हुने भएको छ ।
बुधबार प्रि अलोटमेन्ट सम्पन्न भएसँगै बाँडफाँडको साइट जुरेको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल ले दिएको जानकारी अनुसार कति बजे बाँडफाँड गर्ने भन्ने मिति भने तय भएको छैन ।
कम्पनिको शेयरको लागि २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १० लाख ८२ हजार १४३ जनाले २ करोड ९२ लाख ८७ हजार ४३० कित्ताका लागि आवेदन दिएका हुन् । यो आइपिओ अहिले सम्मकै धेरै आवेदन हो ।
प्रभुको आइपीओमा कुल आवेदकको संख्या १० लाख ८२ हजार १४३ जना रहेको बिक्री प्रबन्धकले जनाएको छ । यसआधारमा सर्वसाधारणलाई बिक्री गरीएको ५४ लाखलाई आधार मान्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । ५ लाख ४२ हजार १४३ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।