प्रभु इन्स्योरेन्सको आईपीओ आज प्रि अलटमेन्ट, आधाको हात खाली हुने पक्का

काठमाडौ- अघिल्लो हप्ता आईपीओ सार्वजनिक गरी आवेदन संकलन गरेको प्रभु इन्स्योरेन्सको आज प्रि-अलटमेन्ट हुने भएको छ ।

देशैभरीबाट सो कम्पनीको आईपीओ खरिदका लागि १० लाख ८५ हजार भन्दा धेरैको आवेदन परेको थियो । सर्वसाधारणाका लागि ५४ लाख भन्दा धेरै कित्ता शेयर सार्वजनिक गरेको कम्पनीको शेयर केवल आधा आवेदकले मात्र पाउने भएका छन् ।

आज प्रि अलटमेन्ट समापन गरि नेप्सेको अनुमति संगै शेयरको बाँडफाँड गरिने छ । विक्री प्रबन्धकका अनुसार यही साता भित्र सेयर बाँडफाँड गर्ने गरी काम अगाडि बढिरहेको छ ।

कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म कूल ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । सो मध्ये सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३/३ लाख कित्ता छ्ट्टाएर ५४ लाख कित्ता शेयरका लागि सर्वसाधरणबाट आवेदन माग गरिएको थियो ।

प्रतिक्रिया