नेपाल लाइफ इन्स्योरेन्सले ५१ प्रतिशत लाभांस दिने

काठमाडौं- शेयर बजारमा रौनक बढिरहेका बेला लाभांस घोषणा गर्ने क्रम पनि बढिरहेको छ । यसैबीच, नेपाल लाईफ इन्स्योरेन्सको आज बसेको सञ्चालक समितिको बैठकले ५१ प्रतिशतको बोनस दिने प्रस्ताव गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश छ । सेयरधनीलाई उच्च प्रतिफल दिँदै आएको कम्पनीले बीमितलाई पनि राम्रो प्रतिफल दिँदै आएको छ । यो खबर संगै शेयर बजारमा यो कम्पनीको मूल्यमा उछाल आउने अनुमान गरिएको छ ।

कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बराबरको शेयर लाभांश र १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७ सय १९ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो ।

प्रस्तावित लाभांस बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ । जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको जीवन बीमा क्षेत्रकै सर्वाधिक करिब ५ अर्ब ५० करोड रहेको चुक्तापूँजी लाभांश वितरण पश्चात ७ अर्ब १९ करोड हुनेछ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ९४ अर्ब ८२ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ७७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको मंसिर समान्त सम्ममा कुल १३ अर्ब ३१ करोड बीमा शुल्क संकलन गरेको छ।

प्रतिक्रिया