• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

डिसहोमले पनि आईपीओ जारी गर्ने,कति कित्ता कहिले त ?

काठमाडौं–टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिसहोमले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । डिसहोमले २३ लाख ८५ हजार ९२९ कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको हो ।
डिस होमको चुक्ता पुँजी दुई अर्ब २५ करोड रुपियाँ रहेको छ । चुक्ता पुँजीको १०.६० प्रतिशतले हुन आउने रकम बराबरको प्रति कित्ता १००का दरले आईपीओ जारी गर्न अनुमतिको प्रतिक्षामा रहेको छ ।

शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा गत असारमा आवेदन दिएर अनुमतिको प्रतिक्षामा रहेको छ ।
शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब २५ करोड पुग्नेछ । डिस होमको आइपीओमा निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ । २०७५ पुस २७ गतेको साधारणसभाले सर्वसाधारणमा प्राथमिक सेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो ।

डाइरेक्ट टू होम (डीटीएच) प्रविधिमार्फत स्वदेशी तथा विदेशी च्यानलहरु बिक्री गर्दै आएको डिशहोमले आफ्नो बजार निकै विस्तार गरेको छ । डिशहोमले इन्टरनेट सेवा पनि दिन थालेको छ । फाइबर टू दी होम (एफटीटीएच) मार्फत डिशहोमले इन्टरनेट सेवा दिन थालेको हो । गत माघमा नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकको लाइसेन्स प्राप्तको थियो ।

अब काठमाडौं उपत्यकासँगै देशका अन्य शहरमा इन्टरनेट विस्तार गर्ने डिशहोमको योजना रहेको छ । यसको लागि कम्पनीले आफ्नो योजना अनुसार काम गरिरहेको छ ।
गाउँ गाउँमा फाइबर मार्फत इन्टरनेट सेवा दिन असहज हुने भएकाले कम्पनीले स्याटेलाइट मार्फत पनि इन्टरनेट सेवा प्रदान गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया