प्रभु इन्स्योरेन्सको आइपीओ बाँडफाँड शुक्रबारसम्म हुन सक्ने

काठमाण्डौ-अहिले सम्मको धेरै आवेदन परेको प्रभु लाइफ इन्स्योरेन्सको यही साता भित्र शेयर बाडँफाडँ गर्ने तयारी रहेको क्यापिटलले जनाएको छ ।

ब्यवस्थापनको काम गरिरहेको सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार यो संख्या भेरिफाई गर्ने काम लगभग सकिएको र अब केही दिनमै प्री अलोटमेट गर्ने तयारी रहेको अर्थिक सन्देशलाई जानकारी दिएको छ ।

गत बिहीबार आइपीओ आवेदन बन्द भएको सो कम्पनीको अहिले आन्तरिक कामहरू भइरहेका छन् ।

आर्थिक सन्देशको जिज्ञासामा अहिले आन्तरिक काम भइरहेको बताउँदै क्यापिटलले अबको एक हप्ता भित्रमा प्रिअलोटमेन्ट गर्ने गरि काम भइरहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया