पुसको पहिलो साता चन्द्रागिरीको आइपिओ सर्वसाधारणका लागि खुल्ने,कति कित्ता आउँदै छ त ?

काठमाडौ – पछिल्लो समय वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत् आयोजना, पब्लिक कम्पनीको आइपीओ निष्काशन गर्ने क्रम तिव्र बनिरहेको छ । अहिले चन्द्रागिरी हिल्सले स्थानीयका लागि आइपीओ जारी गरेको छ । यस्तै सोही कम्पनीले पुसको पहिलो साता सर्वसाधारण को लागि सेयर निस्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले ३ लाख ६ हजार कित्ताको आवेदन खुल्ला गरेको छ । कम्पनीले खुल्ला गरेको आईपीओमा स्थानियले छिटोमा पुस १ गते सम्ममा आवेदन दिइसक्नुपर्नेछ् । यदी १ गतेसम्म निष्कासीत आईपीओमा आवेदन परेन भने कम्पनीले पुस १६ गतेसम्म आवेदनको समय लब्बाउने आह्वान पत्रमा उल्लेख छ ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीले पहिलो चरणमा निष्कासन गरेको आइपीओमा आवेदन परेपछि दोस्रो चरणको आईपीओको लागि आह्वान पत्र जारी गरी दोस्रो चरणको मिति गर्नेछ। ‘पुस १ गतेसम्म निष्कासित पहिलो चरणको आईपिओमा आवेदन पर्यो भने पुस २ गतेदेखि दोस्रो चरणको लागि आवेदन खोल्ने योजना छ ।

यदी पहिलो चरणको आवेदनमा ढिलाई भएको खण्डमा पुस १६ पछाडि दोस्रो चरणको आवेदन खुल्ला गर्ने योजना छ ।’ कम्पनीले दोस्रो चरणमा १५ लाख ३४ हजार कित्ता सेयर बिक्री गर्ने जनाएको छ ।

प्रतिक्रिया