• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रभु बैंकले लाभांस घोषणा गर्यो तर, लगानीकर्ता भने दुःखी

काठमाडौ – प्रभु बैंकले आफ्ना लगानी कर्ताको लागि आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांस प्रस्ताव गरेको छ ।

आईतबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।

बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैंया बराबरको बोनस शेयर र कर प्रयोजनका लागि मात्र चुक्त पूँजीको ०.५२६३ प्रतिशतले हुने ५ करोड ४२ लाख ९२ हजार १४१ रुपैंया बराबर नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिले गरेको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गरे पछि बैंकको आगामी साधारण सभाले अनुमोदन गरे पछि लगानीकर्ताले पाउने छन् ।

प्रतिक्रिया