चन्द्रागिरी हिल्सले १८ करोडको आइपीओ निस्कासन गर्ने

काठमाडौं–आइएमई समूहले प्रवद्र्धन गरिरहेको चन्द्रागिरी हिल्स प्रालिले आईपीओ ल्याउने भएको छ । चन्द्रागिरीमा केवलकार, पाँच तारे होटल, रेष्टुरेन्टलगायत पर्यटकीय गन्तव्य बनाएको चन्द्रागिरी हिल्स प्रालिले सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागेको हो ।

सर्बसाधारणका लागि सेयर (आईपीओ) सार्वजनिक गर्न चन्द्रागिरी हिल्सले नेपाल धितोपत्र बोर्डमा दिएको आवेदनले स्वीकृति पाएको छ । धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न अनुमति दिएपछि चन्द्रागिरी हिल्सलाई आईपीओ निष्कासन गर्ने बाटो खुलेको छ ।

चन्द्रागिरी हिल्सले आफ्नो चुक्ता पुँजीको १५ अर्ब ३४ करोड ९ लाख १० हजार रुपैंयाको १२ प्रतिशतले हुन आउने १८ करोड ४० लाख ९१ हजार रुपैंया बराबरको १८ लाख ५० हजार ९ सय १० कित्ता शेयर सर्वसाधारण्लाई बिक्री गर्न स्वीकृति पाएको हो । यो आईपीओ नेपालमा केवलकार सेवा प्रदायकको रुपमा पहिलो आईपीओ हुनेछ ।

गत कात्तिक २८ गते नै गरिएको स्वीकृतिलाई बोर्डले बिहीबार मात्रै सार्वजनिक गरेको हो । चन्द्रागिरीले आह्वानपत्र प्रकाशन गरी शेयर निष्कासनको मिति तय गर्न सक्नेछ । चन्द्रागिरिले आफ्नो शेयरको निष्कासनका लागि यही जेठ २५ गते निवेदन दिएको थियो । सो कम्पनीले आफ्नो बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया