नेप्सेमा रौनक कायमै,आज एकै दिन ६ अर्ब भन्दा धेरै कारोबार

काठमाण्डौ – तिहार पछि खुलेको शेयर बजारमा लगायत रौनक छाइरहेको छ । आज नेप्सेमा ऐतिहासिक कारोबार भएको छ । आज ६ अर्ब भन्दा धेरैको कारोबार भयो ।

अधिकांस सूचक चम्केको बेला करिब ३७ अंकले नेप्से बढेको छ । आज नेपाल री इन्स्योरेन्सको सबैभन्दा धेरै सरोवर भयो ।

आज १ सय ३३ कम्पनीका शेयर धनीहरुले कमाए भने १५ कम्पनीको शेयर मूल्यमा सकारात्म सर्किट लागेको छ ।

आज साताको अन्तिम दिन शेयरले रौनक कायम गरी बजार बन्द भएको छ ।

प्रतिक्रिया