माउण्टेन इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन – कतै तपाईं छुट्नु भो कि ?

काठमाडौं – गत हप्ता देखि सर्वसाधारण को लागि आइपीओ सार्वजनिक गरेको माउण्टेन इनर्जी को आइपीओ भर्ने आज अन्तिम दिन हो ।

बुधबार कार्यालय समयसम्म यस आइपीओमा आवेदन दिन सकिनेछ । कम्पनीले कात्तिक २६ गतेबाट आइपीओ खुला गरेको हो । यसअघि आज मंगलबारसम्म म्याद तोकिए पनि सार्वजनिक विदा परेका कारण बुधबारसम्म लम्ब्याइएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये २% अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५% अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

यो कम्पनीले निर्माण गरेको ७ मेगावाट क्षमताको जलविद्युत आयोजनाले गत असोजदेखि विद्युत उत्पादन गर्दै आएको छ । एक अर्ब ४२ करोड रुपैयाँ लागत रहेको यो कम्पनीको प्रतिमेगावाट लागत २० करोड २९ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्ष ०७७÷७८मा कम्पनी सञ्चित नोक्सानीमा देखिए पनि आगामी आर्थिक वर्षदेखि नाफामा जाने कम्पनीको दाबी छ । अबको दुई वर्षपछि कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ हुने कम्पनीले जारी गरेको आह्वान पत्रमा रहेको छ ।

प्रतिक्रिया