आजबाट युनाईटेड इदी–मर्दीको आइपिओ बिक्री खुल्ला,कति कित्ता भर्दा उत्तम ?

काठमाण्डौ – कार्तिक २७ गरे देखि आइपिओ सार्वजनिक गर्ने तयारी गरेको युनाईटेड इदी–मर्दीको आइपिओ बुधबारबाट सार्वजनिक हुँदै छ ।

यस अगाडि माउण्टेन इनर्जी ले आफ्नो शेयर निस्कासन गरि सकेको छ ।

कम्पनीले यस भन्दा अगाडि ४ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई खुल्ला गरेको थियो । त्यहाँ विक्री नभएको र बाकी गरि ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला भएको छ ।

आइपिओ मध्य ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निस्कासन गर्दै छ ।

यो कम्पनीमा पनि लगानीकर्तालाई 10 कित्ता मात्र आइपिओ लगानी गर्दा उत्तम हुने देखिन्छ ।

प्रतिक्रिया