ज्योती लाइफले ६६ करोडको आइपीओ निस्कासन गर्ने

रमेश सेञ्चुरी/काठमाण्डौ - सेयर बजारमा धमाधम आइपिओ आउनेक्रम जारी । यसै क्रममा ज्योति लाइफ इन्सुरेन्सले पनि ६६ करोड मूल्यबराबरको आइपीओ सार्वजनिक गर्ने भएको छ ।

कम्पनीको भर्खर बसेको वार्षिक साधारण सभाले सो निर्णय विधिवत पास गरेको छ ।

हाल १ अर्ब ५४ करोड चुक्तापूँजी रहेको ज्योति लाइफले ६६ करोडको आईपीओ जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड पुग्नेछ । साथै कम्पनीमा संस्थापक र सर्वसाधारण समूहको शेयर हिस्सा ७०ः३० कायम हुने छ।

कम्पनीले ११७ वटा शाखा तथा उपशाखाहरु ७२ जिल्लामा आफ्नो ब्यवसायिक उपस्थिति जनाई जीवन बीमा ब्यवसाय गरिरहेको छ ।

सानिमा,रिलायन्स र अजोड इन्स्योरेन्सले आइपीओ जारी गरी पुँजी बृद्धि गरिसकेका छन् ।

प्रतिक्रिया