रिलायन्स लाइफ इन्स्योरेन्सले तीन महिनामै चार करोड कमायो

भर्खर मात्र दोस्रो बजारमा आएको रिलायन्स लाइफ इन्स्योरेन्सले तीन महिनाको अवधिमा करिब चार करोड रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले गत आवको सोही अवधिमा १ करोड ८५ लाख १४ हजाररुपैयाँ नाफा गरेको थियो। कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ६२।४३ प्रतिशत बढी हो।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासिक आर्थिक विवरण अनुसार कम्पनीले ३ करोड ७३ लाख रुपैयाँबराबरको नाफा आर्जन गरेको छ ।

कम्पनीले विमाबाट आर्जन गर्ने रकम समेत बढेको छ । गत वर्ष करिब २४ करोड रुपैयाँ बीमा रकम संकलन गरेकोमा यो वर्ष ४६ करोड रुपैयाँ बराबर बीमा शुल्क संकलन गरेको छ ।

प्रतिक्रिया