प्रभू लाइफ इन्स्योरेन्सले ६० लाख आइपिओ निस्कासन गर्ने

काठमाडौंं-प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता बराबरको आइपीओ निष्काशन गर्ने तयारीमा रहेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासनको लागि निवेदन दिएको छ । धितोपत्र बोर्डमा सम्पूर्ण प्रक्रिया पुरा भएपछि कम्पनीलाई आइपीओ निष्कासन गर्न बाटो खुल्नेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नियुक्त भएको छ । कम्पनीको चुक्तापूँजी रू १ अर्ब ४० करोड रहेको छ । ६० लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट पछि पूँजी २ अर्ब पुग्नेछ ।

पछिल्लो समय इन्स्योरेन्स कम्पनीहरुलाई पुँजी वृद्धिको लागि बीमा समितिले ताकेता गरिसकेपछि सबैले धमाधम आइपिओ निष्कासन गर्ने क्रम जारी रहेको छ ।

प्रतिक्रिया