श्री इन्भेष्टमेन्टको नाफा १२.४४% ले घट्दा इपीइस कति ?

काठमाडौं : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ११ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । नाफा अघिल्लो वर्षको भन्दा १२.४४% ले थोरै हो । अघिल्लो वर्ष यस कम्पनीले १२ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने २.२२% ले बढोत्तरी गरेर २६ करोड ४३ लाख रुपैयाँ पुर्याएको छ ।

अघिल्लो वर्ष यसले २५ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन नाफा भने १८ करोड ८१ लाख रुपैयाँबाट घटेर १६ करोड २५ लाख रुपैयाँमा झरेको छ । असारसम्म ४ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेको यस कम्पनीले ४ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल यसको चुक्ता पुँजी ८२ करोड ९० लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २३ करोड ६६ लाख रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात ०.१६% बाट बढेर ०.६७% भएको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७२ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५३ पैसा छ ।

प्रतिक्रिया