काठमाडौं । आइतबार शेयर बजारमा हरियाली छाएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५८ अंकले बढ्दै २६०१.२१ विन्दुमा पुगेको छ। नेप्से ०.४८ प्रतिशतले बढ्दा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर कारोबार भएको छ।
आज १७१ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै, ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। कुल ३२५ कम्पनीको कारोबार हुँदा ७२ हजार ५४० पटक शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये आज १० समूहको सूचक वृद्धि भएको छ भने ३ समूहमा गिरावट आएको छ। उत्पादन तथा प्रशोधन समूहमा लगानीकर्ताको आकर्षण विशेष देखिएको छ। यो समूह २.५७ प्रतिशतले बढेर ६८९४.९२ विन्दुमा पुगेको छ।
आज वाणिज्य बैंक समूह ०.१७ प्रतिशतले मात्र बढेको छ, भने म्युचुअल फण्ड समूह ०.४६ प्रतिशतले घटेर सबैभन्दा बढी गिरावट आएको छ। होटल तथा पर्यटन समूहमा ०.०८ प्रतिशतको झिनो गिरावट देखिएको छ।