बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको नाफा ७१ करोडले घट्यो

नेपाल युनिलिभर नेपाल लिमिटेड कम्पनीको नाफा ६६.६४ प्रतिशतले घटेको छ । कोरोना महामारीका कारण हरेक आर्थिक क्षेत्र प्रभावित भइरहेका बेलामा युनिलिभर नेपालको नाफामा उच्च गिरावट आएको हो ।

कम्पनीले आइतबार सार्वजनिक गरेको आव २०७५/७६ को वित्तीय विवरण अनुसार अघिल्लो आवमा १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले गत आवमा जम्मा ३५ करोड ५४ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको छ ।

कम्पनीले अघिल्लो वर्षको चौथो त्रैमासमा १३ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो भने गत आवमा ५ करोड २० लाख घाटा बेहोर्नु परेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो आवको तुलनामा घटेको छ । कम्पनीको अघिल्लो आवमा १ हजार १५९ रुपैयाँ प्रतिसेयर आम्दानी रहेकोमा गत आवमा ३८६ रुपैयाँ सीमित भएको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ २ हजार ५ सय २६ रुपैयाँबाट घटेर १४२ रुपैयाँमा झरेको छ । ९ करोड २१ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जगेडाा कोषमा १ अर्ब ८७ करोड रुपैयाँ छ । जबकी कम्पनीको अघिल्लो आवमा जगेडा कोषमा २ अर्ब २३ करोड रुपैयाँ थियो ।

सूचिकृत कम्पनीमध्ये सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९ हजार रूपैयाँ छ ।

प्रतिक्रिया