• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • राजनीति ,
  • समाचार

सिन्धुपाल्चाेकमा पहिराे : १३ घर पुरिए, ५ घरका सदस्य बेपत्ता

सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेककाे जुगल गाउँपालिका वडा नम्बर २ लिदीस्थित लामाटाेलमा पहिराेमा १३ घर पुरिएका छन् । पहिराेमा परर ५ परिवारका सबै सदस्य बेपत्ता भएकाे स्थानीयले बताएका छन् ।

पहिराे शुक्रबार बिहान ६ बजे गएकाे हाे । पहिराेमा पुरिएका केही मानिसहरु आफैँ निस्किएकाे पनि स्थानीयले बताएका छन् । पहिराे झर्ने र पानी पर्ने क्रम नराेकिएकाले उद्धारमा समस्या भइरहेकाे छ ।

प्रहरीकाे टाेली घटनास्थलतर्फ गइरहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

यसअघि साउन ११ मा मेलम्चीमा पहिराेमा पुरिएर ८ जनाकाे ज्यान गएकाे थियाे । यस्तै, गत असार २४ मा बाढी पहिराेले बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।

प्रतिक्रिया