राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किए प्रधानमन्त्री, मन्त्रीहरुसँग छलफल गर्दै

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेर फर्किएका छन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब एकघण्टा कुराकानी भएको स्रोतले जानकारी दिएको छ । राष्ट्रपतिसँगको छलफलपछि प्रधानमन्त्री ओली अहिले मन्त्री र राज्यमन्त्रीहरुसँग छलफलमा रहेको स्रोतले जानकारी दियो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद अहिले पार्टी फुटको संघारमा पुगेको छ । अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच पार्टीलाई फुट्न नदिने प्रयासस्वरुप आज बोलाइएको स्थायी कमिटीको बैठक पनि स्थगित गरिएको छ ।

प्रतिक्रिया