दुई सय सहभागी नगरसभामा पांच सयलाई भोज,मेयर शाक्यलाई सिध्याउन खोज्ने को हुन्?

काठमाडौँ महानगरको सातौं अधिवेसनमा जात्रा देखिएको छ। कोरोनाले आर्थिक संकट लाग्ने आकलन भई रहदा महानगरले भोजको आयोजना गरेको तथ्य सतहमा आएको छ। आर्थिक बर्ष २०७७/०७८ का लागि काठमाडौँ महानगरपालिकाले बजेट १६ अर्व ४२ करोड ७३ लाख २६ हजार रुपैयाँ प्रस्ताव गरेको छ। बुधबार सम्पन्न नगरसभाले उक्त बजेटको प्रस्ताब गर्दा महानगरले अनाबश्यक खर्च गरेको हो।

काठमाडौँ महानगरमा ३२ वडा छन्, जहाँ बाट जनप्रतिनिधिले नगर सभामा सहभागिता जनाए,त्यसका अतिरिक्त महानगरका उपल्लो तहका कर्मचारी र केही पत्रकार गरि दुई सयको हाराहारीले नगरसभामा सहभागिता जनाए। तर खाना ३५० जनालाई अर्डर गरेको भए पनि त्यतिले पुगेन र थप गर्नु पर्यो। ५०० जनालाई खाना खुवाएको बिले प्रसाशन बिभाग प्रमुख नमराज ढकालले स्वीकृत गरे।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालको आफुलाई आशिर्वाद रहेको र आफु मेयर सरह भएको फुटानी लगाउने ढकालले शिक्षक सरुवाको सिफारिश गर्दा एक करोड हाराहारी असुलेको चर्चाले महानगर तातिएको छ।

मेयर विद्या सुन्दर शाक्यले समेत यो कुरा थाहा पाएर ढकाललाई झपारी सकेका छन्। रिमालको नाम भजाएर मेयरलाई सिध्याउने काम मात्र गरेका ढकालले महानगरले अनुदान पाएको माक्स र सेनिताइजरको बिल बनेर जिन्सी साखा संग मिलेर पैसा चप्काउने गरेको महानगरकै श्रोतले बतायो।

प्रतिक्रिया