• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

राष्ट्रपतिले शितल निवास बोलाइन् पूर्वप्रधानमन्त्री र दलका प्रमुख नेतालाई

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख नेताहरूसँग बुधबार साँझ शितल निवासमा सामुहिक छलफल गर्ने भएकी छन्।

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार समसामयिक विषयमा छलफल गर्न नेताहरूलाई साँझ पाँच बजे शितल निवास बोलाइएको जानकारी दिए।

‘कोरोनाभाइरसको महामारी, नागरिकता विधेयकलगायत समसामयिक विषयमा दलका नेताहरूसँग कुराकानी गर्न लाग्नुभएको हो,’ अधिकारीले भने।जनता समाजवादी पार्टी(जसपा)का नेता राजेन्द्र महतोले राष्ट्रपति कार्यालयबाट चियापानका लागि निम्तो आएको बताए।

‘राष्ट्रपति कार्यालयबाट चियापानका लागि खबर आएको छ,’ महतोले भने,’को-को नेतालाई किन बोलाइएको भनेर भने मलाई थाहा भएन।’

प्रतिक्रिया