आयोजनाबाट कमिसन मागिएको भन्दै दीपक मनाङेले संसदीय समितिबाट दिए राजीनामा

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन् । मनाङेले समितिका सभापति दीपक कोइरालालाई शुक्रबार राजीनामा बुझाएका हुन् ।

“समितिको पावर नै रहेन छ, म योजना हेर्न गएँ सम्बन्धित विभागको डीजीलाई १० प्रतिशत कमिसन चाहिने रे, अर्कोलाई २० । यसरी त ४० प्रतिशत कम भइहाल्यो नि । त्यो रोक्न नसकेपछि हामी पनि त्यसको भागिदार देखिनेजस्तो भयो । अनि मैले राजीनामा दिएँ,” मनाङेले भने ।

नामको मात्र समिति भएको र कुनै पनि अधिकार प्राप्त नभएकाले औचित्यहीन समितिमा बस्‍न आफैंलाई लाज लागेर राजीनामा दिएको उनले सुनाए ।
उनी २०७५ फागुन २८ गते समितिका सदस्य नियुक्त भएका थिए ।

प्रतिक्रिया