कबिता ले भोको पेट कसरी भरुँ ?

भुवन कडेंल

२०७२ बैशाख १२ को भुकम्पका कारण घर भत्केर त्रिपाल मुनि बर्खे झरी अनि पुस माघ को कठ्याङृंदो जाडो काट्दै बसेको म र मेरो परिवार आफ्नो भोको पेट भर्ने आसमा कर्णालीको बिकट गाउँ बाट राजधानी गएर बसेको । काठमाण्डौ को गल्लि गल्लि अनि भक्तपुरका इट्टा भट्टाका गरा गरामा ज्याला मजदुरी गर्दै आफ्नो जिन्दगी पाल्ने, परिवार नियोजन के हो भन्न्ने थाहा नपाउँदै जन्मिएका दर्जनौ केटाकेटीको भोको पेट भर्ने, नाँगो शरिर मा एकसरो लुगाफाटो लगाईदिने अनेकौं सपना बुनेको म अभागी बबुरोका इच्छा चहानाहरु फेरि क्षणभर मै कोरोना भाइरस ले छियाछिया बनाइदियो जसरी हिजो भुकम्प ले यस्तै बनाएको थियो ।

 

गाउँ कै छिमेकी हर्के दाईको कुराको लहै लहै मा लागेर घर छाडेको म र मेरो परिवार बिगत तीन बर्ष देखि दुई जुम्ले छोरा र चार छोरी एक श्रीमती सहित काठमाडौ मा बस्दै आएका थियौं । बुढाबुढि ले दिनभरी काम गरेर बल्ल तल्ल ६ सय कमाएर ६ बच्चा पढाउने उनको भोको पेट भर्ने कोठाभाडा लुगाफाटो खानपिन अनेक कुरा को जोहो गर्ने बाग्मतिको तिर को एक टहरोमा देखेको सपना पूरा गर्न नदिन फेरि यो कोभिड १९ कोरोना एक दुश्मन बनेर आयो । जब लकडाउन सुरु भयो न त काम मा जान पाइयो नत दुई छाक खान पाइयो बिहान काम गरे बेलुका खान बल्ल तल्ल पुग्थ्यो त्यही पनि टुट्यो । केहि दिन पछि काम गर्ने ठाउँ बाट साहुले पनि तलब दिन नसकिने भन्दै निकालिदियो । महिना मर्दा भाडा दिन नसक्दा घरबेटी ले पनि निकालिदिने निर्णय गरेछन । लकडाउन को दोश्रो हप्ता सुरु नहुँदै म र मेरो परिवार आटाबाटा परियो घर जाउँ भने गाडी बन्द हिँडेर जाउँभने केटाकेटी साथ मा कसरी जाने नजाउँ भने कहाँ बस्ने दोधार नै दोधार को बीच सरकार ले केही गर्छ कि भन्ने आशामा केही दिन घरबेटी संग हारगुहार गरि कोठामै बसें । दिन बित्तै गए हप्ता बित्तै गए सरकार ले केही गर्ला जस्तो लागेन सुने स्वास्थ सामाग्री मगाउँदा भ्रस्टाचार गरेअरे ,उनै को भुँडी नभरिएको अबस्थामा मेरो भुँडी भर्न को आउला र !

 

हिजो चुनाव को बेला नेताले अनेकौं सपना देखाउँदै रोजगार का कुरा निशुल्क शिक्षा, स्वास्थ का कुरा,बेरोजगार भत्ताका कुरा ,भुकम्प पीडित लाई राहतका कुरा त्रिपाल होइन जस्ताका कुरा ,रेल पानीजहाजका कुरा बाट प्रभावित भई भोट हालेर बनाएको सरकारको आशा हराउँदै गयो केही युटुबरहरु त आएर भिडियो बनाएर पनि लगे तर राहत कता म कता अत्तोपत्तो पाइन । केही दिन पश्चात् म र मेरो परिवार गाउँ फर्कने निर्णय गर्यौ , गाडी चल्दैनथ्यो हिँडेरै भएपनि जानू पर्यो भनेर बाँकी भएको रासन पानी लत्ताकपडा यौटा थोत्रो त्रिपाल पोको पारेर काठमाडौ बाट कर्णाली को यात्रामा निस्कियौं । यात्रा मा आईपर्ने जस्तोसुकै जोखिम मोल्न तयार हामी अगाढि बढ्दै थियौं यात्रा को तीन दिन मै बाटोखर्च भनेर लगेको चिउरा दालमोठ पनि सकियो। काठमाडौं बाट आएको भन्दा मानिस हरु सहयोग गर्न त के पर पर भाग्दथे। बाटो मा अनेकौं अप्ठ्यारा झेल्दै झेल्दै अगाडि बढी राख्यौं । यात्रा कै क्रम मा पाँच बर्ष को सानो छोरो बिरामि पर्यो ,ज्वरो ले सताएको थियो उसलाई उपचार गराउने भनेर अस्पताल लगे अस्पताल लग्दा अस्पताल ले बाहिर बाटै फर्काईदियो कोरोना को कारण सबै तिर यस्तै हालत हो भने त म जस्ता का छोराछोरी कति ले उपचार को अभाव मा अकाल मा ज्यान गुमाउनु पर्ने हो । अस्पताल ले फर्काईदिए पछि मेडिकल मा गएर फेलेक्सन को झोल किनेर छोरो लाई खुँवाए त्यो दिन राती पनि सडकमै त्रिपाल टाँगेर सुत्यौं । बाटो मा पैदल हिंड्ने म जस्तै मजदुर हरु सयौं को संख्या मा हिँडिरहेका थिए सबै को यौटै गुनासो थियो सरकार ले केही गरेन कमाएको पैसा सबै सकियो । राहत पनि पाएनौ सरकार बाट केही आउँछ कि भन्ने आशा मा थियौं प्रधानमन्त्री ले केही ब्यबस्थापन गर्नु हुन्छ कि भन्ने थियो तर आशा हराउँदै गयो ।मलाई मेरो परिवार को ज्यान जोगाउन दाल चामल आदि रासनको जरुरत छ तर उहाँ ले लेखेको कबिता ले मेरो भोको पेट कसरी भरुँ । यो लेख काल्पनिक हो कसै संग मिल्न गएमा संयोग मात्र हुनेछ ।

प्रतिक्रिया