तिहारपछिको पहिलो कारोबारमा नेप्सेमा सामान्य गिरावट, ४ अर्बभन्दा बढीको कारोबार

काठमाडौं – तिहारपछिको पहिलो दिनको शेयर बजार कारोबारमा नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। मंगलबार नेप्से ०.२५ अंकले घट्दै २६७७ बिन्दुमा पुगेको हो। आज कुल ४७ हजार ५ सय १५ पटक शेयर कारोबार भई ९७ लाख १३ हजार ७ सय ३० कित्ता शेयरको किनबेच भएको छ।

कारोबारमा ११३ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १२४ कम्पनीको मूल्य घटेको छ। यस्तै, ६ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो। आजको कुल कारोबार रकम ४ अर्ब २० करोड ५५ लाख ५ हजार रहेको छ।

नेप्सेमा रहेका १३ मध्ये ७ समूहले वृद्धि गरेको छ भने ६ समूहमा गिरावट आएको छ। सबैभन्दा उच्च वृद्धि निर्जीवन बीमा समूहले १.०६ प्रतिशतले गरेको छ। अर्कोतर्फ, सबैभन्दा ठूलो गिरावट बैंकिङ समूहमा ०.८१ प्रतिशतले आएको छ।

प्रतिक्रिया