गाउँ–गाउँमा स्वास्थ्य सामग्री वितरण गर्दै काग्रेस सभापति कुँवर

बागलुङ–नेपाली काँग्रेस क्षेत्र नम्बर २ बागलुङले आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा धमाधम निःशुल्क स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ । सो अभियान कांग्रेस क्षेत्र नम्वर २ का पार्टी सभापति द्रोण कुँवरको नेतृत्वमा भैरहेको छ । ताराखोलाबाहेक क्षेत्र नं २ का सबै स्वास्थ्य संस्थामा सामग्री हस्तान्तरण गरेको कुँवरले जानकारी दिनुभयो । ताराखोला गाउँपालिकामा पनि छिट्टै वितरण गर्ने तयारी छ ।

नयाँ बर्षको सुरुवात सँगै एक घर एक सावु अभियान पनि चलाइने उहाँले बताउनु भयो । स्वास्थ्य सामाग्री संकलन गर्नमा चौधरी ग्रुपले समेत सहयोग गरेको छ ।

नेपाली काँग्रेस सरकारमा हुँदा नहुँदा जनताको सुख,दुखमा साथ दिने र यो संकटको अवस्थामा आफ्नो तर्फबाट सहयोग गरेको सभापति कुँवरले बताउनु भयो । स्वास्थ्य सामाग्री विभिन्न स्वास्थ्य संस्थाका प्रमुखलाई जनप्रतिनिधि र नेपाली काग्रेसका पदाधिकारीद्धारा हस्तान्तरण गरिरहेको नेपाली काग्रेस नं २ ले जनाएको छ ।

गलकोट नगरपालिका क्षेत्र भित्र रहेका गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर सहितका ७ वटा स्वास्थ्य चौकी र ४ वटा सामुदायिक स्वास्थ्य ईकाई मा एक–एक थान पिपिईसहित मास्क, सेनिटाईजर, ग्लोब्स जीवन जल, सिटामोल लगायतका अतिआवश्यक औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । यो अभियान आगामि दिनमा पनि निरन्तरता दिइने सभापति कुँवरले बताउनु भयो । स्वास्थ्य सामग्री स्वास्थ्य संस्थामात्र नभएर इलाका प्रहरी कार्यालय हरिचौर र हटिया प्रहरी चौकीलाई समेत हस्तान्तरण गरिएको छ ।

उहाँले स्वास्थ्य सँस्थामा कार्यरत चिकित्सकहरुलाई सुरक्षित रुपमा सेवा प्रवाहमा सहजता प्रदान गर्न आवश्यक सुरक्षा सामाग्री सहयोग गरेको बताउनुभयो । क्षेत्र नम्बर २ अन्र्तगत रहेका ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र गल्कोट नगरपालिका सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको हो । बांकी रहेका ताराखोला र वडिगाड गाउँपालिकामा वितरणको तयारी रहेको उहाँले बताउनुभयो ।

स्वास्थ्यकर्मी सुरक्षित रहने खालका स्वास्थ्य सामाग्री अभाबका कारण थप समस्या नहोस यस्तो अभियान थालिएको बताउनु भयो । क्षेत्रीय सभापति कुंवरले स्थानीय सरकारले सञ्चालन गरेका क्रियाकलापलाई थप प्रभाबकारी बनाउन सहकार्य गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । कोरोनाको रोकथाम तथा न्यूनीकरणकालागि सचेतना कार्यक्रम पनि गर्दै आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया