• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • शेयर बजार ,
  • देश ,
  • मुख्य खबर

कोरोनाविरुद्ध लड्न विश्वभरका सरकारलाई १९३ देशका राजनीतिक दलको अपिल

नेपाल, चीनलगायत १९३ देशका राजनीतिक पार्टीहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नका लागि अन्तर्राष्ट्रिय सहकार्यका लागि विश्वभरिका सरकारलाई अपिल गरेका छन् ।

अपिलमा जनताको जीवन सुरक्षा र स्वास्थ्य सबैभन्दा माथि राख्न र कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न ठोस तथा सशक्त कमद चाल्न आग्रह गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुख माधवकुमार नेपालको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, ‘मानव जातिमाथि नै ठूलो संकटका रूपमा देखापरेको यो महामारीविरुद्ध लड्न विश्वका सबै मुलुकहरूले आ–आफ्नो ठाउँबाट अधिकतम प्रयत्न गरिरहेका छन् । यो प्रयत्नलाई अझ बढी प्रभावकारी, सघन र सफल बनाएर मात्र हामी कोभिडविरुद्धको लडाइँमा विजय हासिल गर्न सफल हुनेछौँ ।’

‘अ ज्वाइन्ट ओपन लेटर फ्रम वर्ल्ड पोलिटिकल पार्टीज कन्सर्निङ क्लोजर इन्टरनेसनल को–अपरेसन एगेन्स्ट कोभिड–१९’ नामक उक्त अपिलमा भनिएको छ, ‘हामी सचेत छौँ, यो भाइरसले कुनै सिमानाको सम्मान गर्दैन र प्रकोपकोे समय कुनै राष्ट्रले एकल रूपमा यसका चुनौतीहरूको सामना गर्न सक्दैन । यस कठिन परिस्थ्तििमा राष्ट्रहरूले सक्रिय रूपमा परस्पर सहयोग प्रदर्शन गरी मानव जातिको साझा भविष्यका निम्ति सामुदायिक चेतना विकास गर्नुपर्छ ।’

नजिकको अन्तर्राष्ट्रिय सहकार्य, समन्वय भएका नीतिहरू, संयुक्त कार्यहरू र विश्वव्यापी रूपमा स्रोत र शक्तिको परिचालनले मात्र संसारकै साझा दुश्मन भाइरसलाई हराउन सक्षम बनाउने सो विज्ञप्तिमा उल्लेख छ ।

अपिलमा राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनलाई नेतृत्वदायी भूमिका आवश्यक देखिएको बताइएको छ । कोभिडको रोकथाम र नियन्त्रणका लागि जी–२० र अन्य अन्तर्राष्ट्रिय संयन्त्रअन्तर्गत समन्वय र सहकार्य बढाउन आह्वानसमेत गरिएको छ ।

प्रतिक्रिया