तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) माथि थप्पड प्रहार गर्ने पदम कुँवर पक्राउ परेका छन् । नयाँ बानेश्वरमास्थित संसद भवनको गेटमा रहेको शौचालयमा अनुमतिविना प्रवेश गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।
रानीपाेखरीका एसएसपी श्याम ज्ञवालीका अनुसार शनिबार राति पक्राउ गरिएका उनलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ ।