उपसभामुख शिवमाया तुम्बाहाङ्फेद्वारा राजीनामा

काठमाडौं । लामो समयको रस्साकस्सी पछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन ।

सोमबार बसेको संसद बैठकमा सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले मार्गप्रशस्त गर्न राजिनामा दिएको बताइन ।

छोटो समय सम्बोधन गरेकी उपसभामुख तुम्बाहाङ्फेले प्रतिनिधि सभाको सभामुख पद अप्रत्यासित र अश्वभाविक कारणले रिक्त रहेको र सभामुख नहुँदा जटिलता थपिएको बारेमा जानकार रहेको भन्दै संसदको ठुलो दलले सभामुखमा दावा गरेकाले आफुले सहजीकरण गर्न लागेको बताइन् ।

प्रतिक्रिया