निर्वाचनलाई शेयर बजारको स्वागत,नेप्सेमा दोहोरो अङ्कको वृद्धि कारोबार रकम २ अर्बमाथि

काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ भने कारोबार रकममा पनि ब्यापक सुधार आएको छ । 

आज दिनै भरि हरियाली रहेको बजार बन्द हुने बेला सम्ममा ३२ अङ्क भन्दा धेरैले बढेर समग्र बजार १९६५ विन्दुमा पुगेको छ । आज २ अर्ब २ करोड भन्दा धेरैको शेयर किनबेच भएको छ । शेयर किनबेच हुनेमा हिमालयन डिस्टिलरी अग्रस्थानमा छ भने नविल बैंक र नेपाल दुरसञ्चार कम्पनी क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन । 

कारोबार भएका मध्य १ सय ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा हरियाली छाएको छ । आज लघुवित्त उपसूचक सबै भन्दा धेरै अङ्कले बढेको छ भने बीमा समूहमा पनि लगानीकर्ताको आकर्षण देखिएको छ । 

धेरै कम्पनीहरू लाभांश घोषणा गर्ने समय समेत आएको साथै नयाँ सरकार आएसँगै त्यसको प्रभाव शेयर बजारमा सकारात्मक पर्ने लगानीकर्ताको मनोबलका कारण नेप्सेमा सुधार आएको कतिको भनाइ छ । 

प्रतिक्रिया