सरकारलाई बाबुरामको ब्यङ्ग्य, ‘पूरै देश यतीलाई जिम्मा दिउँ’

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारलाई व्यंग गर्दै एक ट्विट गरेका छन् ।

पछिल्लो समय गोकर्ण फरेस्ट रिसोर्टको जग्गा लिजको विषय विवादित बन्दै गएको छ । यस विषयमा हिजो मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रतिक्रिया व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीको अनुसार, विज्ञ समूहको सुझावको आधारमा कानूनी रुपमा नै जग्गा लिजमा दिइएको हो ।

‘यतिको खोजीमा वैज्ञानिकहरू आजित भएको वेला हाम्रा प्रम र आसेपासेहरूले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन् नेपाल ट्रष्टका पदाधिकारहरूले ‘यति’नहुने हो भने गोकर्ण फरेष्ट इ. गौचरन बन्ने ठोकुवा गरेछन्’ डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘उसो भए पूरै देश‘यति’कै ज़िम्मा लगाए भैगो समृद्ध नेपाल बनाउने क्या ग़ज़ब काइदा’

प्रतिक्रिया