गाउँपालिका अध्यक्ष जेल चलान

बारा । विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरिलाल राउत भेडिहरलाई जिल्ला अदालत बाराले जेल चलान गरेको छ । आइतबार अदालतको २०६३ भदौ २९ गतेको फैसला आदेशअनुसार अध्यक्ष राउतलाई सवारी ज्यान मुद्दामा २९ दिन जेल चलान गरिएको हो ।

अध्यक्ष राउतलाई अदालतको फैसलाअनुसार सवारी ज्यान मुद्दामा २९ दिन कैद र २ हजार नगद जरीवाना तोकिएको थियो ।

इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले उहाँलाई आइतबार बिहान पक्राउ गरी अदालतमा उपस्थित गराएको र आइतबार नै कैद भुक्तानको लागि कारागार कार्यालय वीरगञ्ज पर्सामा पठाइएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया