विप्लव समूहकाे अपहरणमा परे गाउँपालिका अध्यक्ष

दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला शाही अपहरणमा परेका छन । दुबै जनालाई गएराति चन्द नेकपाका कार्यकर्ताले ठाँटीकाँध २ को श्रीपाटामा रहेको आफ्नै घरबाट अपहरण गरेको प्रहरीले जनाएको छ ।

गाँउपालिका अध्यक्षका भाइ हस्तबहादुर शाहीलाई पनि उनीहरुले केही समय अपहरणमा लिएर छाडेको बताइएको छ । गाँउपालिका अध्यक्ष कि श्रीमति इला ठाँटीकाँधस्थित कृष्ण माध्यमिक विद्यालय कि प्रधानाध्यापक हुन् ।

गाँउपालिकाको बजेटका विषयमा सो समूहले यसअघि पनि शाहीलाई धम्काउदै आएको बताइएको छ । अपहरणका परेका शाहीको खोजी भैरहेको दैलेख प्रहरीले जनाएको छ ।

प्रतिक्रिया