महावीर पुनलाई सरकारले पत्याएन, जनतासँग माग्दैछन् ऋण

राष्ट्रिय आविष्कार केन्द्र निर्माणको अभियानमा लागिरहेकका महावीर पुनले ४ प्रतिशत वार्षिक ब्याजमा ऋण दिन सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन्। उनले २ दिनअघि फेसबुकमा स्टाटस राख्दै विश्वासको भरमा वार्षिक ४ प्रतिशत वार्षिक ब्याजदरमा ऋण दिन अमेरिका, क्यानडा, युरोप, जापान, अस्ट्रेलिया र अन्य देशतिर बस्ने नेपालीलाई आग्रह गरेका थिए। करिब ३ करोड चाहिएकोमा ५, १०, २० लाख दिन र ३ वर्षमा सावाँ ब्याज तिर्न आफुहरु तयार रहेको बताएका थिए ।
उनले सामुदायिक पर्यटन तथा इको टुरिजमको विकासका लागि १ करोड र आष्विष्कार केन्द्रको म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गर्न २ करोड लाग्ने बताएका छन्।

आफ्नो सार्वजनिक आव्हानलाई धेरैले सकारात्मक प्रतिक्रिया जनाएपछि उनले आज अर्को पोष्ट गर्दै भनेका छन्, ‘अब अघि बढौं, खाने मुखलाई जुँगाले छेक्दैन भन्ने कुरा सरकारले बुझ्नु आवश्यक छ।’

आफ्नो महत्वाकांक्षी राष्ट्रिय आविष्कार केन्द्रका लागि सरकारले बजेट नदिएपछि उनले आफूलाई ऋण दिन सार्वजनिक रुपमै आव्हान गरेका हुन्।

उनले आजको पोष्टमा ऋण माग्नुको कारण विस्तृत रुपमा दिएका छन्। उनले भनेका छन्, ‘पहिलो कारण यसप्रकार छ। मैले भिजिट नेपाल २०२० लाई लक्ष्य गरेर पदयात्रा गर्ने पर्यटकहरु भित्र्याउने दुई ओटा योजना बनाएर संघीय सरकार र प्रदेश सरकारलाई २०१८ देखि नै अनुरोध गरेको थिएँ। पहिलो योजना राउण्ड धौलागिरी ट्रेकिङ रुटको बिकास गरेर त्यहाँ आबश्यक पर्ने सम्पूर्ण बन्दोबस्त गर्ने र २०१९ मा नै ट्रेकिंग सुरु गर्न भन्ने थियो।’

उनले अगाडि भनेका भनेका छन्, ‘दोश्रो योजना हामीले पहिले नै सुरु गरेको पदमार्गमा भएका सामुदायिक लजमा पर्यटकहरुको चाप थेग्न अति आबश्यक भएको थप कोठा बनाउने भन्ने थियो। यो काम किन आबश्यक छ भने पूर्वाधार नबनाईकन पर्यटक भित्र्याउन सकिंदैन र नेपाल आएका पर्यटकलाई पनि राम्रो सेवा दिन सकिंदैन। तर संघीय सरकार र गण्डकी प्रदेश सरकारले मेरो प्रस्ताब सुन्दै सुनेनन। २५ लाख रुपैंयाँसम्म सहयोग गर्नुहोस् भन्दा पनि सरकारले टेरेन। बैंकहरुले मैले प्रस्ताब गरेको जस्तो सामुदायिक कुरामा लगानी नै गर्दैनन्।’

उनले ऋण माग्नुको दोश्रो कारण पनि औंल्याएका छन्। जसमा भनिएकोछ, ‘राष्ट्रिय आविष्कार केन्द्रमा अहिले भैरहेको अनुसन्धानको काममध्ये ५ ओटा काम चाँडै सफल हुने आशा गरिएको छ। तिनीहरुलाई सानो स्केलमा उत्पादन गरेर बजारीकरण गरि अनुसन्धानकर्तालाई उद्यमी बनाउनका गि तुरुन्तै एउटा सानो स्केलको सामान बनाउने कारखाना बनाउन जरुरी भएको छ।’ उनले थप भनेका छन्, ‘यसो गरेर उनीहरुलाई उद्यमी बनाइएन भने हाम्रा प्रतिभाशाली सन्तति नेपालमा बस्दैनन्। यसका लगि ३ र ४ नम्बर प्रदेश सरकारको मन्त्रालयसंग कुरा भएको हो। उनीहरुले मुखले मात्र हुन्छ हुन्छ भने तर यस्तो काममा पटक्कै चाख देखाएको देखिएन। बैंकहरुले यस्तो काममा ऋण दिंदैनन भन्ने थाहा भयो।मुख्य कुरा यही नै हो। धन्यबाद।’

प्रतिक्रिया