• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • व्यापार/व्यवसाय

योगेश भट्टराईको रातदिनको खटाई

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सन २०२० पर्यटन वर्षको रुपमा मात्र नभएर पर्यटन क्षेत्रको आधार वर्षको रुपमा विकास गर्ने योजना सहित मनाउन लागिएको जानकारी दिएका छन् ।

नेपाल भ्रमण वर्षलाई सफल बनाउन राजनीतिक दलहरुसँग बिहीबार सिंहदरबार स्थित मन्त्रालयमा छलफल गर्दै अवको एक दशक पर्यटनको लागि जोड दिने बताएका हुन् । उनले सन २०२० मा २० लाख पर्यटक भित्र्याउने तथा पूर्वाधार निर्माणमा जोड दिने बताएका हुन्। उनले त्यसका लागि सबै राजनीतिक दलहरुलाई आफ्ना नेता, कार्यकर्ता, विदेश स्थित निकायहरुलाई परिचालन गर्नु आग्रह गरेका छन् । त्यस्तै उनले विदेश भ्रमणमा जाँदा कम्तीमा पनि भ्रमण वर्ष २०२० को बारेमा देशका तर्फबाट कुरा राख्न र उपाहार उपलब्ध गराउन मन्त्रालयसँग समन्वय गरेर मात्र जान आग्रह गरेका छन् ।

प्रतिक्रिया