धरानमा भत्कियो लालकिल्ला, नेपाली कांग्रेसको ऐतिहासिक जित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गढ मानिएको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले ऐतिहासिक जित हात पारेको छ। नेपाली कांग्रेसका उम्मेदवार तिलक राई २६७०९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३९१४ मत पाएका थिए।

बहुदलीय प्रजातन्त्र पुनस्र्थापना यता धरान नगरमा कांग्रेस पहिलोपटक विजयी भएको हो। यतिखर कांग्रेसका कार्यकर्ताहरुले नगरभर विजय जुलुस निकालिरहेका छन्।

धरानको प्रमुखमा तत्कालीन एमालेबाट विजयी भएका तारा सुब्बाको मिर्गौला रोगका कारण मृत्यु भएपछि उपनिर्वाचन भएको हो।

अघिल्लो निर्वाचनमा २० हजार ९७५ मत ल्याएर सुब्बा विजयी भएका थिए भने कांग्रेसका तिलक राईले १६ हजार १०२ मत ल्याएका थिए।

प्रतिक्रिया