काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३१.१७ अंकले घटेर २,७४९.८३ विन्दुमा पुगेको छ। बजार खुलेपछि घट्ने क्रम जारी रहँदा लगानीकर्ताको मनोबलमा असर देखिएको छ।
आज आइतबार देशभरका ३२१ कम्पनीका कूल १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर ९७ हजार १७४ पटक किनबेच भएका छन्। कुल कारोबार रकम ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ रुपैयाँ पुगेको छ।
बजार समग्र रूपमा ओरालो लाग्दा सबैजसो समूहका उपसूचकहरू पनि घटेका छन्। ग्लोबल आइएमई समुन्नत योजना–२ को शेयरमा आज ‘नकारात्मक सर्किट’ लागेको छ, जसले अधिकतम मूल्य घटावट सीमा छोएको जनाउँछ।
उता, सबैभन्दा धेरै मूल्य घटाउने कम्पनी उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेड बनेको छ, जसको शेयर मूल्य १०.७७ प्रतिशतले घटेको हो।