साताको पहिलो दिन नेप्से दोहोरो अङ्कले घट्यो, कारोबार रकम पनि ओरालो लाग्दै

काठमाडौं– साताको पहिलो कारोबार दिन निश्चित परिसूचक दोहोरो अङ्कले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४१ अंकले घटेर २६०९.६७ विन्दुमा आएको छ । परिसूचक सँगै आज कारोबार रकममा पनि गिरावट आएको छ। 

आज नेप्से ०.९६ प्रतिशतले घट्दा ३ अर्ब ९९ करोड ८० लाख रुपैयाँ बराबरको ८० लाख २१ हजार ६३१ कित्ता शेयर कारोबार भएको छ । 

आज ४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनी शेयर मूल्य भने स्थिर हरेको छ । आज सबै उपसोचकहरू घटेर कारोबार हुँदा बीमा र उत्पादन समूहमा धेरै दबाब परेको छ। 

आज ३०१ वटा कम्पनी कारोबार आउँदा ४६ हजार ६१४ पटक शेयर किनबेच भएको छ । 

नेप्सेसँगै कारोबार रकम घट्नुलाई सेयर बजारका जानकारहरू भने राम्रो संकेत नभएको बताउँछन्। 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय