बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४.९७ अंकले घटेर २७५०.८७ विन्दुमा झरेको छ। बजार ०.८९ प्रतिशतले घट्दा १३२ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने १०४ कम्पनीको शेयर मूल्य बढेको छ। ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज ३२० कम्पनीको कारोबारबाट ९ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड ३ लाख कित्ता शेयर किनबेच भएको छ। कारोबार ९८,६७७ पटक भएको छ।
१३ वटा समूहहरूमध्ये दुई समूह बढेका छन्। हाइड्रोपावर समूह ०.३५ प्रतिशतले बढेर ३६३९.१९ विन्दुमा पुगेको छ भने उत्पादन तथा प्रशोधन समूह ०.१६ प्रतिशतले बढेर ६८१५.४८ विन्दुमा पुगेको छ।
सबैभन्दा बढी गिरावट ट्रेडिङ समूहमा देखिएको छ, जसको सूचकांक ८.७२ प्रतिशतले घटेर ४८९४.५७ विन्दुमा पुगेको छ। अन्य घटेका समूहहरूमा वाणिज्य बैंक (०.४१%), विकास बैंक (२.१७%), फाइनान्स (१.०९%), होटल तथा पर्यटन (०.३३%), जीवन बीमा (१.४७%) लगायत छन्।