चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा शेयर लगानीकर्ताले करिब १० अर्ब रुपैयाँ पुँजीगत लाभकर तिरेका छन्। नेपाल सरकारका अनुसार २०८१ साउनदेखि पुससम्मको अवधिमा शेयर कारोबारबाट ९ अर्ब ८२ करोड १५ लाख १२ हजार १ सय २३ रुपैयाँ ५२ पैसा पुँजीगत लाभकर संकलन भएको हो।
यो अवधिमा व्यक्तिगत दीर्घकालीन लाभकर २ अर्ब ६९ करोड ५७ लाख ९० हजार १ सय ८४ रुपैयाँ ८९ पैसा रहेको छ भने व्यक्तिगत अल्पकालीन लाभकर ५ अर्ब ९८ करोड ४३ लाख ७८ हजार ९ सय ५५ रुपैयाँ ४१ पैसा पुगेको छ। कुल पुँजीगत लाभकरमध्ये व्यक्तिगत दीर्घकालीन लाभकरको हिस्सा २७.४४ प्रतिशत रहेको छ भने व्यक्तिगत अल्पकालीन लाभकरको हिस्सा ६०.९३ प्रतिशत रहेको छ।
संस्थागत लगानीकर्ताबाट यो अवधिमा १ अर्ब १२ करोड ९२ लाख २४ हजार ३ सय ९५ रुपैयाँ १६ पैसा पुँजीगत लाभकर संकलन भएको छ। यस्तै, स्टक डिलरको योगदान १ करोड २१ लाख १८ हजार १ सय ८२ रुपैयाँ ६६ पैसा रहेको छ।
महिनागत हिसाबले, भदौमा सबैभन्दा धेरै २ अर्ब ५७ करोड ९४ लाख पुँजीगत लाभकर संकलन भएको छ भने पुसमा सबैभन्दा कम ५८ करोड ७ लाख मात्र संकलन भएको छ। पुस महिनामा व्यक्तिगत दीर्घकालीन लाभकर १९ करोड ८६ लाख र अल्पकालीन लाभकर २७ करोड ९६ लाख रहेको छ।
यो अवधिमा साउन महिनामा ४ अर्ब २७ करोड ५३ लाख, भदौमा २ अर्ब ५७ करोड ९४ लाख, असोजमा ५८ करोड ६५ लाख, कात्तिकमा ७५ करोड ८७ लाख, मंसिरमा १ अर्ब ४ करोड ६ लाख र पुसमा ५८ करोड ७ लाख पुँजीगत लाभकर संकलन भएको सरकारको तथ्यांकले देखाएको छ।