शेयर बजार राताम्मे, २३९ कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.२९ अंकले घटेर २,६२७.११ विन्दुमा कायम भएको छ। आज नेप्से ०.९९ प्रतिशतले घटेको हो।

आजको कारोबारमा कुल ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। बजारमा ७५ करोड ४० लाख ४१८ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

आज कुल ३५६ कम्पनीका शेयर ४६ हजार २४६ पटक खरिद–बिक्री भएका छन्। कारोबारमा सहभागी कम्पनीहरूमध्ये ३४ कम्पनीको शेयर मूल्य बढ्दा २३९ कम्पनीको मूल्य घटेको छ। ४ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

समग्रमा अधिकांश कम्पनीको शेयर मूल्य ओरालो लागेसँगै आजको कारोबारमा नेप्से परिसूचक पनि उल्लेख्य अंकले घटेर बन्द भएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय