काठमाडौं । नेप्सेमा निरन्तर ओरालो यात्रा मंगलबार पनि जारी रह्यो। यस दिन परिसूचक मात्रै घटेन, कारोबार रकममा पनि २ अर्बभन्दा धेरैको गिरावट आयो। कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य घट्दा नेप्सेमा गिरावट देखिएको हो।
यस दिन परिसूचक १३ अंकले घटेर समग्र बजार २,६३२ विन्दुमा पुगेको छ। २२८ कम्पनीका शेयर किनबेच हुँदा ६७ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ, बाँकी सबैको घटेको छ। एक कम्पनीको शेयर मूल्यमा सर्किट लाग्दा एचआईडिसीएलपी कम्पनीको शेयर सबैभन्दा धेरै खरिद-बिक्री भएको छ।
सभी उपसूचक घटेका छन्, विशेषगरी जलविद्युत उपसूचकमा ठूलो दबाब परेको छ भने व्यापार उपसूचकमा सामान्य वृद्धि देखिएको छ। प्रचण्ड नेतृत्वको सरकार परिवर्तन भएर ओली नेतृत्वको सरकार बनेसँगै शेयर बजारमा उत्साह फर्कने धेरैको अपेक्षा थियो। त्यही क्रममा परिसूचक ३,००० नजिक र कारोबार रकम ३० अर्ब नजिक पुगेको थियो।