धमाधम आइपीओ – सागर डिष्टिलरीले भदौ २५ देखि सर्वसाधारणका लागि शेयर विक्रि गर्ने

काठमाडौं : सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) भदौ २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको कम्पनीले कुल ७२ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्ने स्वीकृति पाएको हो।

यसको १० प्रतिशत (१ लाख ४५ हजार २०० कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएर बाँडफाँट भइसकेको छ। यस्तै ५ प्रतिशत (७२ हजार ६०० कित्ता) सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ।

अब भने सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख ९० हजार ६४० कित्ता आईपीओ निष्काशन गरिँदैछ। यो शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी हुनेछ। यसका लागि आवेदन भदौ २५ गतेदेखि २९ गतेसम्म दिन सकिनेछ। तर सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा असोज ८ गतेसम्म निष्काशन अवधि लम्बिन सक्नेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ। कम्पनीले आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले “आईआरएन बी प्लस (Issuer Rating)” प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ।

यस आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड तोकिएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

विवरण जानकारी
कम्पनीको नाम सागर डिष्टिलरी लिमिटेड
जारी पूँजी रु. ७२ करोड ६० लाख
निष्काशन हुने कुल आईपीओ १४ लाख ५२ हजार कित्ता (२०%)
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४५ हजार २०० कित्ता (१०%) – बाँडफाँट भइसकेको
सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता (५%) – बाँडफाँट भइसकेको
कर्मचारीका लागि ४३ हजार ५६० कित्ता सुरक्षित
सर्वसाधारणका लागि बाँकी ११ लाख ९० हजार ६४० कित्ता
अंकित मूल्य प्रतिकित्ता रु. १००
निष्काशन अवधि भदौ २५ – भदौ २९ (असोज ८ सम्म लम्बिन सक्ने)
न्यूनतम आवेदन १० कित्ता
अधिकतम आवेदन १० हजार कित्ता
क्रेडिट रेटिङ्ग आईआरएन बी प्लस (Issuer Rating) – उच्च जोखिम संकेत
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड
आवेदन प्रक्रिया आस्बा सेवामा सहभागी बैंक/वित्तीय संस्था मार्फत सि–आस्बा प्रणाली

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय